Kathmandu Press

प्रधानमन्त्री दाहालको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

प्रचण्डले आज (सोमबार) गजुरेललाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्। उनी नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन्। गजुरेल सिन्धुलीका हुन्। गत मंसिरको चुनावमा टिकट नपाउँदा उनी रुष्ट बनेका थिए।
प्रधानमन्त्री दाहालको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडाैं, माघ ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल नियुक्त भएका छन्।

प्रचण्डले आज (सोमबार) गजुरेललाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्। उनी नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन्। गजुरेल सिन्धुलीका हुन्। गत मंसिरको चुनावमा टिकट नपाउँदा उनी रुष्ट बनेका थिए। 

यसअघि उनले प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै तथा स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई नियुक्त गरेका थिए। गंगा प्रधानमन्त्री दाहालकी छोरी हुन्। 

त्यस्तै स्वकीय सहसचिवमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेल नियुक्त भएका छन्। शर्माले प्रेस संयोजक तथा तिमिल्सिनाले प्रेस विज्ञको जिम्मेवारी पाएका छन्। 

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्