Kathmandu Press

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

यसअघि प्रचण्ड प्रधानमन्त्री भएका बेला (२०७३ सालमा) पनि उनी नै योजना आयोग उपाध्यक्ष थिए।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं, माघ ९ : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्।

उनलाई आज (सोमबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराएका छन्।

हालै बसेको मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो।

यसअघि प्रचण्ड प्रधानमन्त्री भएका बेला (२०७३ सालमा) पनि उनी नै योजना आयोग उपाध्यक्ष थिए।

उनी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्।

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्