रास्वपाको संसदीय दलको उपनेतामा श्रेष्ठ, प्रमुख सचेतकमा परियार

काठमाडौं, माघ ९ : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ मनोनित भएका छन् ।
रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई उपनेता चयन गरेको हो । त्यस्तै संसदीय दलकै प्रमुख सचेतकमा सन्तोष परियार मनोनित भएका छन् ।
आइतबार बसेको संसदीय दलको बैठकले सांसदद्वय श्रेष्ठ र परियारलाई क्रमशः दलको उपनेता र प्रमुख सचेतकमा मनोनयन गरेको रास्वपाका प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।
प्रकाशित मिति: १३:२१ बजे, सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











