रास्वपाले तोक्यो विभिन्न विभाग र समितिको संयोजक, कसलाई के जिम्मेवारी ?
रास्वपाको केन्द्रीय लेखा आयोगको प्रमुखमा अभिषेक घिमिरे मनोनित भएका छन् भने केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल सदस्य मनोनित भएका छन् ।
काठमाडौं, माघ ९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न विभाग र समितिमा संयोजक तोकेको छ ।
आइतबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान बमोजिम विभिन्न आयोग, विभाग तथा समितिहरु गठन गरेको रास्वपाका प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।
रास्वपाको केन्द्रीय लेखा आयोगको प्रमुखमा अभिषेक घिमिरे मनोनित भएका छन् भने केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल सदस्य मनोनित भएका छन् ।
त्यस्तै केन्द्रीय अनुशासन तथा आचरण समितिको प्रमुखमा डा. भरतमणि देवकोटा र सदस्यमा रामहरी सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने मनोनित भएका छन् ।
विवाद समाधान समितिको प्रमुखमा विष्णु कुमार श्रेष्ठ मनोनित भएका छन् भने पुनरावेदन समितिको प्रमुखमा विपिन कुमार आचार्य छन् भने दीपक बोहरा सदस्य मनोनित भएका छन् ।

अन्य विभागहरु नीति तथा विचार विभागको प्रमुखमा डा. मुकुल ढकाल, अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा विपिनकुमार आचार्य, मानवीय विकास प्रवद्र्धन विभाग प्रमुखमा कुशुम महर्जन, प्रशिक्षण विभाग प्रमुखमा डा. मुकुल ढकाल, संगठन विभाग प्रमुखमा कविन्द्र बुर्लाकोटी, उपप्रमुखमा विष्णुकुमार श्रेष्ठ र सचिवमा शंकर श्रेष्ठ, उत्पादन प्रवर्धन विभाग प्रमुखमा रामकृष्ण भट्टराई रहेका छन् ।
त्यस्तै विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखमा डा. अरनिको पाँडे, केन्द्रीय ¥याट संयोजन विभाग प्रमुखमा विष्णुकुमार श्रेष्ठ र सूचना तथा प्रविधि विभाग प्रमुखमा विपिन कुमार आचार्य रहेका छन् ।
रास्वपाले जेठ मसान्तभित्र देशैभरी संगठन विस्तार गरिसक्ने रणनीति समेत तय गरेको छ । जसअनुसार चैतसम्म जिल्ला निर्वाचन समितिहरुको गठन र जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरु गठन गर्ने निर्णय गरेको छ ।
रास्वपाले यही माघ महिनाभित्र प्रदेश समितिको पुनर्गठन गर्ने निर्णय गरेको छ । जसअनुसार माघ १४ गते प्रदेश १ मा, माघ १६ गते मधेश प्रदेशमा, माघ १८ गते बाग्मती प्रदेशमा, माघ २१ गते गण्डकी प्रदेशमा, माघ २४ मा लुम्बिनी प्रदेश, माघ २६ गते सुदूरपश्चिम प्रदेश र माघ २८ गते कर्णाली प्रदेशमा पार्टीको विस्तारित बैठक गर्ने तय गरिएको छ ।











