Kathmandu Press

छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री शर्मा

सत्ता साझेदार दल माओवादी केन्द्र र एमालेबीचको सिटको बाँडफाँट टुंगो यसअघि नै लागिसकेको जनाउँदै उनले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए।
छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री शर्मा

सुर्खेत, माघ ९ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।

सत्ता साझेदार दल माओवादी केन्द्र र एमालेबीचको सिटको बाँडफाँट टुंगो यसअघि नै लागिसकेको जनाउँदै उनले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए।

‘आजभोलि हामी मन्त्रिपरिषद् विस्तारका साथै सरकारलाई पूर्णता दिन्छौं’, उनले भने, ‘सत्तारुढ दलभित्र भएको सहमति कार्यान्वयनका सन्दर्भमा विमति छैन । मन्त्रालय समायोजन गर्ने कुरामा आएका प्राविधिक कठिनाइका विषयमा छलफलमा छौं।’

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताए। मन्त्रालय समायोजनको कुरा मुख्यमन्त्री नेतृत्वको सरकारले गर्ने जनाउँदै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने जिम्मेवारी आफूमा नरहेको स्पष्ट पारे।

कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनालले मन्त्रालय समायोजनको प्राविधिक प्रक्रियालाई छिट्टै टुङ्ग्याइने बताए।

प्रकाशित मिति: ११:०९ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्