Kathmandu Press

रास्वपाबाट अलग भएको उपसभामुख रानाको घोषणा 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद राना सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदै गत माघ ७ मा उपसभामुखमा निर्वाचित भएकी थिइन्।
रास्वपाबाट अलग भएको उपसभामुख रानाको घोषणा 

काठमाडौं, माघ ९ : उपसभामुख इन्दिरा रानाले पदमा रहुन्जेल आफू पार्टीको राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग हुने घोषणा गरेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद राना सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदै गत माघ ७ मा उपसभामुखमा निर्वाचित भएकी थिइन्।

एक विज्ञप्ति निकालेर रानाले उपसभामुखको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि पार्टीको जिम्मेवारीबाट अलग भएको उल्लेख गरेकी हुन् ।

‘उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु,’ उनले भनेकी छन्।

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्