रास्वपाले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्दै
उनका अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरूको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरू गठन गर्ने योजना छ ।
काठमाडौं, माघ ९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताए ।
उनका अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरूको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरू गठन गर्ने योजना छ ।
माघ मसान्तभित्र प्रदेश समितिहरूको विस्तारित भेला आयोजना गरी प्रदेश समितिहरूको पुनर्गठन गनै मिति र स्थान समेत तोकिएको छ ।
प्रकाशित मिति: ०७:५८ बजे, सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार