प्रहरीले राेक्याे साेल्टी हाेटलमा सञ्चालित दुबई प्रोपर्टी शो

काठमाडाैं, माघ ८ : काठमाडौंको सोल्टी होटलमा सञ्चालित दुबई प्रोपर्टी शोलाई प्रहरीले रोकेको छ। अवैध रूपमा मेला लगाएको भन्ने खबर पाएपछि प्रहरीले उक्त मेलालाई रोकेको हाे।
प्रहरीले पाँच जना भारतीय नागरिकको राहदानी पनि नियन्त्रणमा लिएको छ। पाँचै जना भारतीय नागरिक दुबई बसेर व्यापार गर्दै आएको प्रहरीले जनाएको छ।
यसअघि नेपाल राष्ट्र बैंकले यस्ता मेला आयोजना गर्न नहुने भन्दै सुचना पनि जारी गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अनुमति नलिएर मेला चलाएको भन्दै उक्त मेला रोकेको हो।
प्रकाशित मिति: १९:१६ बजे, आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











