Kathmandu Press

संविधान उत्कृष्ट बनेपनि मुलुकले राजनीतिक स्थिरता पाउन सकेन : पूर्वराष्ट्रपति

संविधान उत्कृष्ट बनेपनि मुलुकले राजनीतिक स्थिरता पाउन सकेन : पूर्वराष्ट्रपति
फाइल तस्बिर

काठमाडाैं, माघ ८ : पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकका राम्रो संविधान बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् । 

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफुले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका हुन्।

उनले अझैपनि जनतालाई आड भरोसा र विश्वास दिलाउन नसकिएको धारणा पनि राखे। उनले असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताए। उनले समाजलाई राम्रो योगदान दिनहरुलाई सदैव सम्झनुपर्नेपनि बताए। 

पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु ५१ हजारसहित वरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरे ।

प्रतिष्ठानका अध्यक्ष कविर राणाले बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई छात्रवृत्ति कोष स्थापना गर्न रु ५१ हजार हस्तान्तरण गरे। 

प्रकाशित मिति: १७:४० बजे, आइतबार, माघ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्