Kathmandu Press

दुई दिनमै प्रदेश ३ को नाम र राजधानी टुंगो लाग्छ: मुख्यमन्त्री पाैडेल

हेटाैँडा, पुस १८ : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असन्तुष्टीहरुलाई पन्छाएर नेतृत्वको निर्णय कार्यान्वयन गर्नु कम्युनिष्ट कार्यकर्ताको क....

दुई दिनमै प्रदेश ३ को नाम र राजधानी टुंगो लाग्छ: मुख्यमन्त्री पाैडेल

हेटाैँडा, पुस १८ : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असन्तुष्टीहरुलाई पन्छाएर नेतृत्वको निर्णय कार्यान्वयन गर्नु कम्युनिष्ट कार्यकर्ताको कर्तव्य भएको बताएका छन्। 

नेकपा प्रदेश ३ को संसदीय दलको शुक्रबार भएको बैठकमा मुख्यमन्त्री पौडेलले नेकपा नेतृत्वले निक्कै नै सुझबुझका साथ गरेको निर्णयलाई प्रदेशका सदस्यहरुले एकमनाका साथ कार्यान्वयन गर्नुपर्ने बताए। “हामीसँग असहमतिहरु पनि होलान् ती सबै कुराहरुलाई एकातिर राखेर एउटा असल कम्युनिष्ट कार्यकर्ताको भूमिका के हुने, नेतृत्वको निर्णयलाई कसरी लिने भन्ने कुरा मैले भनिरहनुपर्ने कुरा होइन”, उनले भने। 

Hardik ivf

प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकअघि नै प्रदेशको राजधानी र नामाङ्कनको विषयमा नेकपा प्रदेश ३ संसदीय दलले स्पष्ट निर्णय गरिसक्नुपर्ने उनको भनाइ थियो। दुई वर्षदेखिको विषय भएकोले यो अधिवेशनमा कुनै पनि हालतमा टुङ्ग्याएर जानुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले कम्तीमा पनि पुस २२ गतेभित्र निर्णय गरिसक्नुपर्ने बताए। 

प्रदेशसभाको कार्यपरामर्श समितिले पहिलो बैठकबाटै नाम र राजधानीको विषय टुङ्गो लगाउने गरी तयारी थालिसकेको बताउँदै मुख्यमन्त्री पौडेलले सकेसम्म पुस २२ गते नै प्रदेशसभाबाट सम्पूर्ण प्रक्रिया र छलफल सकेर  पास गरेर जानुपर्ने बताए। संसदीय दलमै सबै विषयमा छलफल गरेर साझा धारणा बनाएर जाने हो भने प्रदेशसभामा अलमल नहुने र प्रदेशसभाको सबै तालिका मिलाएर दुई दिनमै नाम र राजधानीको विषयको टुङ्गो लाग्ने उनको भनाइ थियो। 

यही पुस २१ गते हुने प्रदेशसभाको हिउँदे अधिवेशन अघि नेकपा संसदीय दलको बैठक बसेर साझा धारणा निर्माण गर्न लागिएको जनाइएको छ। रासस

प्रकाशित मिति: १९:०७ बजे, शुक्रबार, पुस १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्