सुर्खेत दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं, माघ ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना भई आज चार यात्रुको ज्यान गएको थियो।
प्रधानमन्त्री दाहालले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घाइते यात्रुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १३:०० बजे, आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











