Kathmandu Press

 प्रमुख विपक्षी दलले पाउने सेवासुविधा माग गर्दै संसद सचिवालयलाई कांग्रेसको पत्र 

सरकारलाई विश्वासको मत दिएको दल विपक्षी दल हुने कि नहुने भन्नेबारेमा विभिन्न टिकाटिप्पणी भइरहेको समयमा कांग्रेसले भने आफूलाई विपक्षी दलको दाबी गर्दै सो अनुसारको सेवा सुविधा माग गरेको हो । 
 प्रमुख विपक्षी दलले पाउने सेवासुविधा माग गर्दै संसद सचिवालयलाई कांग्रेसको पत्र 

काठमाडौं, माघ ८ : नेपाली कांग्रेसले प्रमुख विपक्षी दलले पाउने सेवासुविधा माग गर्दै संसद सचिवालयलाई निवेदन दिएको छ । आफूलाई प्रमुख विपक्षी दलको दाबी गर्दै विपक्षी दल र दलको नेताले पाउने सेवासुविधा माग गर्दै  कांग्रेसले संसद सचिवालयको सांसद सुविधा व्यवस्पापन महाशाखामा निवेदन दिएको संघीय संसद सचिवालयका एक अधिकारीले जानकारी दिए । 

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । उसले सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने भनेको थियो । सरकारलाई विश्वासको मत दिएको दल विपक्षी दल हुने कि नहुने भन्नेबारेमा विभिन्न टिकाटिप्पणी भइरहेको समयमा कांग्रेसले भने आफूलाई विपक्षी दलको दाबी गर्दै सो अनुसारको सेवा सुविधा माग गरेको हो । 

संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐन अनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्दछ । प्रमुख विपक्षी दलको नेतालाई पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा अन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधा बापत्त मासिक २५ हजार ६०८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्डघर, सवारीका लागि इन्धर सुविधा, मोविल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बिमा लगायतका सुविधा प्राप्त हुन्छ ।

विपक्षी दलको नेतालाई स्वकीय सचिव, कम्युटर अप्रेटर, कार्यालय सहयोगी र सवारी चालक दुईरदुई जना, सैनिक प्रहरी जवान सिपाही १० जना, विल्लादार गार्ड र अंग रक्षक एकरएक जना दिइन्छ । अतिथि सत्कार खर्च, कार्यालयमा कम्युटर सहितका सामग्री, दुई वटा साइकल सुविधा पनि विपक्षी दलको नेताले प्राप्त गर्दछ ।
 

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, माघ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्