Kathmandu Press

बत्तीसपुतलीमा कांग्रेस संस्थापन इतर पक्षको बैठक जारी 

बत्तीसपुतलीमा कांग्रेस संस्थापन इतर पक्षको बैठक जारी 
फाइल तस्बिर

काठमाडौं, माघ ८ : नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक जारी छ । 

काठमाडौंका बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा कांग्रेस संस्थापन इतर पक्षको बैठक चलिरहेको छ । 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र कांग्रेसको भूमिकाबारे छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिका विविध घटनाक्रमबारे सामूहिक धारणा बनाउन इतर पक्षका नेता शेखर कोइरालाले बैठक बोलाएका थिए । 

आजको बैठकमा माघ २५ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकको तयारीका बारेमा पछि छलफल हुने छ । बैठकमा शेखर पक्षका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतीहरू पनि सहभागी भएका छन् ।

प्रकाशित मिति: १०:५८ बजे, आइतबार, माघ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्