Kathmandu Press

मलाई उपप्रधानमन्त्रीबाट हटाइदिँदा हुन्छ : गृहमन्त्री लामिछाने

शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने स्पष्ट पार्दै यस्तो बताएका हुन्।
मलाई उपप्रधानमन्त्रीबाट हटाइदिँदा हुन्छ : गृहमन्त्री लामिछाने

काठमाडौं, माघ ८ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको दाबी गरेका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने स्पष्ट पार्दै यस्तो बताएका हुन्। लामिछानेले गठबन्धनबाट सहमति भएको खण्डमा आफूलाई उपप्रधानमन्त्रीबाट हटाए पनि तयार रहेको बताए।

उनले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन सुरु गरे पनि आफू तयार रहेको स्पष्ट पारे। ‘उपप्रधानमन्त्रीहरु बन्दै गएका कुराहरु छन्। यसले थप भार पार्ने भन्दा पनि गठबन्धनबाट गर्ने भनिएको हो। हटाउने भए सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन। अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ। मैले प्रस्ताव राखेको छु, त्यसमा झुण्डिनुपर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने।

गृहमन्त्री लामिछानेले आफूले नतिजा निकाल्नेगरी काम गर्ने दाबी गरे। उनले नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै समात्ने पनि जानकारी दिए।

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन्।

प्रकाशित मिति: ०८:१० बजे, आइतबार, माघ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्