सुर्खेतमा सवारी दुर्घटना, चार जनाको मृत्यु
दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
काठमाडौं, माघ ८ : सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
दुर्घटनामा परेर दैलेखको गुराँस गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय नविन शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी र ठेगाना नखुलेका करिब २७ वर्षीय सागर शाहीको मृत्यु भएको छ।
त्यसैगरी, दैलेख भैरवी गापा– ५ बस्ने वर्ष २६ का वीरेन्द्रराज शाहीको छातीमा गम्भीर चोट लागेको हुँदा उपचार भइरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ०८:०६ बजे, आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











