काेइरी पक्राउ बारे रिजल्ट छिट्टै आउछ : गृहमन्त्री लामिछाने

काठमाडाैं, माघ ७ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले लक्ष्मी महतो कोइरी छिट्टै पक्राउ पर्ने प्रतिक्रिया दिएका छन।
मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या गरी फरार रहेका कोइरीलाई पक्राउ गर्नुपर्ने आवाज संसदमै उठेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले शुक्रबार उनलाई पक्राउ गर्न आदेश दिएका थिए।
काेइरी महोत्तरी १ बाट निर्वाचित भएका छन् ।
काेइरी पक्राउ नपरी नियमित जस्ताे संसदमा उपस्थित भएपछि शनिबार संसद बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो भन्दै प्रश्न गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले यसमा छिट्टै रिजल्ट आउने बताएका छन।
प्रकाशित मिति: १८:३५ बजे, शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











