Kathmandu Press

सभामुख-उपसभामुख परीक्षामा प्रधानमन्त्री फेल : कांग्रेस प्रवक्ता महत

अब राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री दाहालको परीक्षा हुने र संविधानको रक्षाको पक्षमा उभिने कि नउभिने भनेर दाहालले सोच्ने बेला आएको उनले बताए। 
सभामुख-उपसभामुख परीक्षामा प्रधानमन्त्री फेल : कांग्रेस प्रवक्ता महत

काठमाडौं, माघ ७ : कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख र उपसभामुखको निर्वाचनमा परीक्षामा प्रधानमन्त्री पुष्पकमल दाहाल उत्तीर्ण हुन नसकेको बताएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यस्तो बताएका हुन्। अब राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री दाहालको परीक्षा हुने र संविधानको रक्षाको पक्षमा उभिने कि नउभिने भनेर दाहालले सोच्ने बेला आएको उनले बताए। 

‘अब प्रधानमन्त्री पनि कहाँ उभिने रु संविधान रक्षाको पक्षमा उभिने कि नउभिने?,’ उनले भने, ‘सभामुख–उपसभामुखको परीक्षणमा उहाँहरु उत्तीर्ण हुनुभएको छैन। अब राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन आउँदैछ, यो सबभन्दा ठुलो परीक्षाको घडी हो।’

एमाले अध्यक्ष केपी ओलीले फेरि संसद विघटनलाई प्रमुखताका साथ उठाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेस यतिबेला सशंकित बनेको छ। ओलीकै संयोजनमा सभामुख, उपसभामुखलगायत बनाइएकाले संविधानमाथि खतरा रहेको उनले दाबी गरे। 

माघ ५ गते सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका थिए भने आज (शनिबार) उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर निर्वाचित भएकी छन्।

प्रकाशित मिति: १८:१६ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्