Kathmandu Press

उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर निर्वाचित

राना मगरलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा अर्थात् ‘हुन्छ’ भन्नेमा १६६ मत खसेको छ भने विपक्षमा अर्थात् ‘हुन्न’ भन्नेमा ९७ मत खसेको छ। तटस्थ अर्थात् ‘मत दिन्न’ भन्नेमा १ मत खसेको छ। आजको बैठकमा प्रतिनिधिसभाका २७५ सांसदमध्ये २६४ जनाको उपस्थिति थियो।
उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर निर्वाचित

काठमाडौं, माघ ७ : प्रतिनिधसभाको उपसभामुखमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर निर्वाचित भएकी छन्। प्रतिनिधसभाको आज (शनिबार) बसेको बैठकले उनलाई निर्वाचित गरेको हो। 

राना मगरलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा अर्थात् ‘हुन्छ’ भन्नेमा १६६ मत खसेको छ भने विपक्षमा अर्थात् ‘हुन्न’ भन्नेमा ९७ मत खसेको छ। तटस्थ अर्थात् ‘मत दिन्न’ भन्नेमा १ मत खसेको छ। आजको बैठकमा प्रतिनिधिसभाका २७५ सांसदमध्ये २६४ जनाको उपस्थिति थियो।

मतदान प्रक्रियापछि सभामुख देवराज घिमिरेले मत विभाजनको नतिजाबारे जानकारी दिँदै राना मगर सभामुखमा निर्वाचित भएको घोषणा गरे।

सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको उनकै दल रास्वपाका साथै एमाले माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले मत दिए। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे। 

त्यसैगरी दर्ताक्रमअनुसार सुरुमा राना मगरलाई बहुमत प्राप्त भएकाले उपसभामुखकी अर्की उम्मेदवार मुक्ताकुमारी यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा निर्णयार्थ प्रस्तुत  गर्नुनपर्ने जानकारी सभामुख घिमिरेले गराए। न्यौपानेलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए। 

रास्वपा सांसद सोविता गौतमले इन्दिरा राना मगरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सदनमा राखेकी थिइन्। उनको समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन थिए।

त्यसैगरी सरकारमा नरहेका दलको  प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसबाट उपसभामुख उम्मेदवार रहेकी मुक्ताकुमारी यादवलाई निर्वाचित गरियोस् भनी कांग्रेस सांसद बद्री पाण्डेले प्रस्ताव राखेका थिए। उनको समर्थकमा समर्थकमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल थिए।

सभामुख घिमिरेले सभामुख घिमिरेले निर्वाचित सभामुख रानामगरलाई लाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिँदै निर्वाचन सम्पन्न भएकाले अर्को बैठक यही माघ १० गते दिनको १ बजे बस्ने जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरे।

प्रकाशित मिति: १७:३३ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्