Kathmandu Press

‘कम्फर्टेबल’ राष्ट्रपति, सभामुख खोज्ने रोगबाट दलहरू मुक्त हुनुपर्छ : चित्रबहादुर केसी

‘अबको लडाइँ भनेको राष्ट्रपतिमा हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ। कम्फर्टेबल सभामुख चाहिएको छ,’ उनले भने,  ‘त्यसले गर्दा राष्ट्रपतिले सभामुखले दूधको दूध पाानीको पानी नियमअनुसार निर्णय गर्न सक्छ कि सक्दैन, यो रोगबाट हामी मुक्त हुनुपर्छ।’
‘कम्फर्टेबल’ राष्ट्रपति, सभामुख खोज्ने रोगबाट दलहरू मुक्त हुनुपर्छ : चित्रबहादुर केसी

काठमाडौं, माघ ७ : राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अबको लडाइँ राष्ट्रपतिमा हुने बताए। शनिबार प्रतिनिधिसभा बैठकमा उनले  ‘कम्फर्टेबल’ राष्ट्रपति, सभामुख चाहिँदा स्वतन्त्र कार्यसम्पादन नहुने उनले दाबी गरे।

‘अबको लडाइँ भनेको राष्ट्रपतिमा हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ। कम्फर्टेबल सभामुख चाहिएको छ,’ उनले भने,  ‘त्यसले गर्दा राष्ट्रपतिले सभामुखले दूधको दूध पाानीको पानी नियमअनुसार निर्णय गर्न सक्छ कि सक्दैन, यो रोगबाट हामी मुक्त हुनुपर्छ।’

अधिकार धेरै नहुने भए पनि उपसभामुखबारे दलका नेताहरूले कृत्रिम बखान गरेको बताएका छन्। उनले भने, ‘दुईजना महिला उमेदवार हुनुहुन्छ। सम्बन्धित पार्टीका कुरा सुन्दा उहाँहरू सभामुखको उमेदवारजस्तो देखिनुहुन्छ। यति साह्रै बयान, बखान गर्नेले सभामुखको चुनाव किन गराएको?’ उनले प्रश्न गरे।

अहिले पनि नेपाल पितृसत्तात्मक मुलुक भएकाले महिलाहरूलाई व्यवहारमा दोस्रो दर्जाको व्याहार गरिने बताए। ‘मुखमा जतिसुकै काउलो लाए पनि सभामुख किन नउठाएको? अहिले जो तारफि र बखान भयो, सबै कृत्रिम हो। आखिर के अधिकार हुन्छ र, हामीले देखेका छैनौं र।’
 
प्रकाशित मिति: १६:५२ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्