नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न सांसद सुवालकाे माग
प्रतिनिधिसभामा नेमकिपाका तर्फबाट उनी एक मात्र सांसद हुन्।
काठमाडौं, माघ ७ : सांसद प्रेम सुवालले आफ्नो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लाई प्रमुख प्रतिपक्ष दलको घोषणा गर्न माग गरेका छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने दल प्रमुख प्रतिपक्ष हुन नसक्ने तर्क गर्दै नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गर्दै सभामुखसमक्ष लिखित निवेदन पेस गरे। प्रतिनिधिसभामा नेमकिपाका तर्फबाट उनी एक मात्र सांसद हुन्।
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने दल प्रमुख प्रतिपक्ष दल हुन सक्दैन,’ उनले भने, ‘त्यसकारण नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गर्दै लिखित निवेदन पेस गर्दछु।’
प्रमुख प्रतिपक्ष दल घोषणा नगरीकन उपसभामुख चयन नगर्नसमेत उनले माग गरे।
प्रकाशित मिति: १६:४० बजे, शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











