भ्रष्टाचारको फाइल अख्तियारको दराजमा धुलो लागेर थन्किएको छ : ज्ञानेन्द्र शाही
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विदेशमा भ्रष्ट्राचार आरोपमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री र उच्च ओहोदाका व्यक्ति जेल गएको र कारबाही भएको बताउँदै सांसद शाहीले नेपालमा पनि त्यस्तै हुनुपर्नेमा जोड दिए।
काठमाडौं, माघ ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही शाहीले भ्रष्टाचारको फाइल अख्तियारको दराजमा धुलो लागेर थन्किएको तर कारबाही नभएको बताएका छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विदेशमा भ्रष्ट्राचार आरोपमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री र उच्च ओहोदाका व्यक्ति जेल गएको र कारबाही भएको बताउँदै सांसद शाहीले नेपालमा पनि त्यस्तै हुनुपर्नेमा जोड दिए।
सशस्त्र युद्ध र सडक आन्दोलनबाट मात्र राजनीतिमा स्थापित हुन्छ भन्ने मान्यता तोडिएको बताए। ‘राजनीतिक उपलब्धि भनेको सिर्फ सशस्त्र युद्ध वा सडक आन्दोलनबाट स्थापित हुन्छ भन्ने मान्यतालाई तोड्नु र समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीति स्थापित हुन्छ भन्ने स्थापित गर्नु भनेको कुनै व्यक्ति र दलको समर्थन गर्नु होइन,’ उनले भने।
उपसभामुख उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरलाई समर्थन गर्दै उनलाई जिताउन सदनसमक्ष आग्रह गरे।