Kathmandu Press

शक्त सन्तुलनका लागि उपसभामुख कांग्रेस उम्मेदवार यादवलाई जिताउन नेता केसीकाे अपिल

उपसभामुख चयन गर्न शनिबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संविधानको धारा ९१ ले फरक दल भनी सत्ताभन्दा बाहिरबाट उपसभामुखको निर्माण गर्ने परिकल्पना गरेको जिकिर गर्दै कांग्रेस उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न अपिल गरेका हुन्।
शक्त सन्तुलनका लागि उपसभामुख कांग्रेस उम्मेदवार यादवलाई जिताउन नेता केसीकाे अपिल

काठमाडौं, माघ ७ : कांग्रेस सांसद अर्जुननरसिंह केसीले सरकारमा रहने वा नरहने सबैले शक्तिको सन्तुलनका लागि कांग्रेसका उम्मेदवारलाई उपसभामुखका लागि मतदान गर्न अनुरोध गरेका छन्।

उपसभामुख चयन गर्न शनिबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संविधानको धारा ९१ ले फरक दल भनी सत्ताभन्दा बाहिरबाट उपसभामुखको निर्माण गर्ने परिकल्पना गरेको जिकिर गर्दै कांग्रेस उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न अपिल गरेका हुन्।

यादवले मधेसको प्रतिनिधित्व गर्नेे भएकाले उनलाई जिताउँदा नेपालको लोकतान्त्रिक आन्दोलनको आरम्भ बिन्दु मधेसको सम्मान हुने उनको भनाइ थियो। इन्दिरा राना आदिवासी जनजातिको भए पनि मधेसमा महिला चेतना फैलाउन यादवको ठुलो भूमिका रहेको धारणा उनले व्यक्त गरे।   

सोही क्रममा उनले मुलुकमा सीमाभन्दा बाहिर गएर भ्रष्टाचार, दण्डहीनता, नातावाद र क्रिपावाद जस्ता कार्य भइरहेको भन्दै चिन्तान व्यक्त गरे। यस्तै अदालतले पक्राउ गर भनेको व्यक्ति अहिले पनि सदनमा आएको उल्लेख गर्दै अन्तहिन दण्डहिनता लागू भइरहेको भन्दै चिन्ता व्यक्त गरे। गृह मन्त्रालयले निकालेको कार्यविधिको स्वागत गर्दै त्यसको कार्यान्वयनमा शंका रहेको बताए।
 
प्रकाशित मिति: १५:४७ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्