Kathmandu Press

अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकतालाई कारबाही गर्ने नेता नेपालकाे चेतावनी

रौतहट काठमाडाैं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले रौटहटमा केही नेता तथा कार्यकर्ताले समानुपातिकतर्फ घण्टीमा मत मागेको खुलेको भन्दै अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकतालाई कारबाही गर्ने चेतावनी दिए।
अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकतालाई कारबाही गर्ने नेता नेपालकाे चेतावनी

काठमाडाैं, माघ ७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गएको निर्वाचनमा अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकतालाई कारवाही गर्ने चेतावनी दिएका छन्।

रौतहट काठमाडाैं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले रौटहटमा केही नेता तथा कार्यकर्ताले समानुपातिकतर्फ घण्टीमा मत मागेको खुलेको भन्दै अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकतालाई कारबाही गर्ने चेतावनी दिए।

घण्टीको प्रचार गर्नेले कारणसहित अहिले नै पार्टीमा इमान्दारीका साथ जानकारी गराउन उनले सुझाव दिए। अध्यक्ष नेपालले वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको धारणा पनि राखे।

उनले नेपालको राजनैतिक साथै आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको उल्लेख गरे।  

प्रकाशित मिति: १५:२९ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्