Kathmandu Press

अनुभवका आधारमा यादव उपसभामुख पदका लागि हकदार : सर्वेन्द्रनाथ शुक्ला

उपेक्षित र पीडित महिलालाई जागरुक गराउने अभियानमा यादवको जितले सहयोग पुग्ने धारणा उनले राखे।
अनुभवका आधारमा यादव उपसभामुख पदका लागि हकदार : सर्वेन्द्रनाथ शुक्ला

काठमाडौं, माघ ७ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्लाले कांग्रेसबाट उपसभामुखकी उम्मेदवार रहेकी मुक्ताकुमारी यादवलाइ मतदान गर्न सदनसमक्ष अपिल गरे।

उपसभामुख चयन गर्न बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै यादवको उम्मेदवारीमा समर्थकसमेत रहेका उनले सदनको बैठक हाँक्न यादव सक्षम रहेको दाबी गरे। उपेक्षित र पीडित महिलालाई जागरुक गराउने अभियानमा उनको जितले सहयोग पुग्ने धारणा उनले राखे।

‘मधेसमा महिलाहरुलाई जागरुक बनाउने अभियानमा लागेको व्यक्ति हुनुहुन्छ। मधेसमा त्यो काम त्यति सहज थिएन। अनेक भौगोलिक विविधता सहेर उहाँले मधेसमा चेतना फैलाउन योगदान दिनुभएको छ,’ उनले भने। अनुभवका आधारमा यादव उपसभामुख पदको हकदार भएको उल्लेख गर्दै सबैलाई यादवको पक्षमा मतदान गर्न उनले अपिल गरे।

उनले सभामुखमा पनि विगतमा राष्ट्रिय सहमति हुँदै आए पनि यसपटक सत्ता पक्षका कारण नभएको आरोप लगाए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वपक्षीय सहमतिका लागि आफूहरुले विश्वासको मत दिए पनि त्यसको सम्मान हुन नसकेको बताए। 

उपसभामुख संवैधानिक परिषद्‌मा पनि सदस्य रहने भएकाले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए।

प्रकाशित मिति: १५:१५ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्