Kathmandu Press

ओलीले जुनसुकै बेला संविधान ध्वस्त पार्न सक्ने मेटमणि चौधरीको दाबी

उनले अहिलेकाे संसद र संविधान अन्तिम हुन पनि सक्ने जिकिर पनि गरे।
ओलीले जुनसुकै बेला संविधान ध्वस्त पार्न सक्ने मेटमणि चौधरीको दाबी

काठमाडौं, माघ ७ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसद मेटमणि चौधरीले कसैको इसारामा नचल्न अनुरोध गर्दै नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई बधाई दिएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घिमिरेलाई ‘कसैको यस म्यान नबन्न’ आग्रह गरेका हुन्। घिमिरे एमालेका तर्फबाट उम्मेदवार रही सभामुख निर्वाचित भएका हुन्।

चौधरीले उपसभामुखमा कांग्रेसकी मुक्ताकुमारी यादवलाई समर्थन गरे। उनी उपसभामुख उम्मेदवार यादवका समर्थक हुन्। उनले मुक्ताकुमारी यादव उपसभामुखको हकदार भएको उल्लेख गरे। 

चौधरीले एमाले अध्यक्ष केपी ओलीले जुनसुकै समयमा पनि संविधान ध्वस्त पार्न सक्ने दाबी गरे। उनले ओलीप्रति लक्षित गर्दै भने,  ‘आज पनि नेपालको संविधान खतरामा छ।’ उनले अहिलेकाे संसद र संविधान अन्तिम हुन पनि सक्ने जिकिर पनि गरे। ओलीले आफूलाई सबैभन्दा माथि राख्ने प्रयास गर्दै संविधान मिच्ने कार्य गरिरहेको आरोप लगाए। 

प्रतिनिधिसभामा आज उपसभामुखको निर्वाचन हुँदैछ। उपसभामुखमा सत्तारुढ दलको समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र सरकारमा नरहेका दलको समर्थनमा कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन्।

प्रकाशित मिति: १५:०२ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्