Kathmandu Press

मुक्ताकुमारी यादवलाई जिताउँदा भौगोलिक विविधताको सम्मान हुन्छ : बद्री पाण्डे

सभामुख र उपसभामुखककी उम्मेदवार इन्दिरा राना मगर एउटै जिल्ला, निर्वाचन क्षेत्र, नगरपालिका भएकाले संविधानको आशय भिन्न भन्ने कुरा मनन गरेर यादवकाे पक्षामा उभिन उनले सदनसमक्ष आग्रह गरे।
मुक्ताकुमारी यादवलाई जिताउँदा भौगोलिक विविधताको सम्मान हुन्छ : बद्री पाण्डे

काठमाडौं, माघ ७ : कांग्रेस सांसद बद्री पाण्डेले उपसभामुख पदका उम्मेदवार मुक्ताकुमारी यादवलाई निर्वाचित गर्न सदनसमक्ष प्रस्ताव गरेका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा उनले सभामुख सत्तापक्षबाट भएपछि उपसभामुख प्रतिपक्षबाट हुनुपर्ने भन्दै प्रतिपक्षि दल नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी यादवलाई जिताउन अपिल गरे।

सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर हेर्दा सभामुख एक दलको हुँदा उपसभामुख अर्को दलको हुँदा सन्तुलन मिल्ने उनले बताए। संविधिनको मर्मअनुसार फरक दल भनेको फरक पक्ष पनि भएको जिकिर उनले गरे। संविधानको विश्लेषण गर्दा शब्दभन्दा आशय महत्वपूर्ण हुने उल्लेख गर्दै उनले भौगोलिक विविधतालाई पनि ध्यान दिनुपर्ने बताए।

उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी इन्दिरा राना मगरप्रति कुनै पूर्वाग्रह नरहेको उल्लेख गर्दै उनले मधेसको प्रतिनिधित्व गर्ने यादवलाई अघि बढाउनुपर्नेमा जोड दिए। यादव संसदीय अभ्यासका अनुभवी र योग्य रहेको उनले बताए। समावेशी र समानुपातिक संविधान बनाउन उनको योगदान रहेको बताए।

यादवलाई जिताउँदा भौगोलिक विविधताको सम्मान हुने उनले बताए। सभामुख र उपसभामुखककी उम्मेदवार इन्दिरा राना मगर एउटै जिल्ला, निर्वाचन क्षेत्र, नगरपालिका भएकाले संविधानको आशय भिन्न भन्ने कुरा मनन गरेर यादवकाे पक्षामा उभिन उनले सदनसमक्ष आग्रह गरे।

यादवले २०७० सालमा प्रतिनिधिसभामा र २०७४ सालमा राष्ट्रियसभामा पनि सांसद भएर संसदीय अभ्यास गरिसकेको पाण्डेले बताए। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर निर्वाचत केन्द्रीय सदस्य निर्वाचित यादव लोकप्रिय नेत्री रहेको उनको भनाइ थियो। शिक्षण पेसामा ११ वर्ष आबद्ध रहँदा प्रधानाध्यापकको जिम्मेवारीसमेत हासिल गरेकाले उनलाई उभसभामुख बनाउँदा सदनका लागि न्याय हुने उनले बताए।

प्रकाशित मिति: १४:३७ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्