Kathmandu Press

गृहले विज्ञप्ति निकालेर अपराधी खोज्ने परम्परा थालेकाे भन्दै कांग्रेस सांसद खतिवडाकाे आपत्ति

प्रतिनिधिसभाको शनिबार बैठक सुरु हुनेबित्तिकै सांसद खतिवडाले पक्राउका लागि आदेश जारी गरिएका व्यक्तिलाई भाग्न सहज हुनेगरी गृहले पत्र निकालेर अपराध अनुसन्धान आचारसंहिताविरुद्ध काम गरेको भन्दै आपत्ति जनाएका हुन्।  
गृहले विज्ञप्ति निकालेर अपराधी खोज्ने परम्परा थालेकाे भन्दै कांग्रेस सांसद खतिवडाकाे आपत्ति

काठमाडौं, माघ ७ : कांग्रेस सांसद रामहरि खतिवडाले गृह मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर अपराधी खोज्ने परम्पराको सुरु गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको शनिबार बैठक सुरु हुनेबित्तिकै सांसद खतिवडाले पक्राउका लागि आदेश जारी गरिएका व्यक्तिलाई भाग्न सहज हुनेगरी गृहले पत्र निकालेर अपराध अनुसन्धान आचारसंहिताविरुद्ध काम गरेको भन्दै आपत्ति जनाएका हुन्।  

उनले त्यस कार्यलाई गृहमन्त्रीको केटाकेटीपन र सस्तो लोकप्रियताका लागि गरिएको कार्य भन्दै टिप्पणी गरे। त्यस्तो हुनु चिन्ताको विषय भएको उनले बताए। ‘गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो?’ उनले प्रश्न गरे। गृहले लेखेको सूचना सार्वजनिक गर्दा गोप्यताको हक कहाँ पुग्छ भन्ने प्रश्न खडा भएको उनले बताए।

उनले गृहको त्यस्तो गतिविधिको छानबिनका लागि रुलिङ गर्न प्रति सभामुखबाट रुलिङका लागि माग गरे। गृहको पत्र जनताका लागि धोका भएको उनले बताए। उनले नागरिकता, पासपोर्टको छानबिन थाल्न पनि गृह मन्त्रालयलाई चुनौती दिए।

प्रकाशित मिति: १३:१७ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्