Kathmandu Press

प्रतिनिधिसभाको बैठक सुरु

आजको बैठकमा प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। उपसभामुखका लागि सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन्।
प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं, माघ ७ : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नवनिर्वाचत सभामुख देवराज घिमिरेले बैठक सुरु गरेका हुन्। सभामुखमा चयन भएपछि उनले आज  पहिलाेपटक बैठक सञ्चालन गरेका हुन्।  

आजको बैठकमा प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। उपसभामुखका लागि सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन्।

इन्दिरा र यादव दुवै समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका हुन्। इन्दिरालाई सत्तारुढ गठबन्धनका दलहरूको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

यादवलाई भने सरकारमा नरहेका दलको समर्थन छ। उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल छन्।

प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट एमालेका घिमिरे बुधबार निर्वाचित भएका हुन्। कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो।

प्रकाशित मिति: १३:०३ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्