Kathmandu Press

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

बैठकमा नेपाली कांग्रेसबाट अजय चौरसिया, जीवन परियार र रमेश लेखक सहभागी छन् भने एमालेबाट सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे सहभागी छन्।
सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं, माघ ७ : सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी छ।

बैठकमा नेपाली कांग्रेसबाट अजय चौरसिया, जीवन परियार र रमेश लेखक सहभागी छन् भने एमालेबाट सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे सहभागी छन्।

यस्तै, बैठकमा राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाही र ध्रुवबहादुर प्रधान तथा नेकपा एसबाट प्रकाश ज्वाला र किसन श्रेष्ठलगायत सहभागी छन्।

सभामुख चयन भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका घिमिरेले संसदमा दलको भूमिका, संसदको काम प्रभावकारी बनाउन चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल गर्न लागेका हुन्।

प्रकाशित मिति: ११:२९ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्