सभामुखले बोलाए सर्वदलीय बैठक
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
काठमाडौं, माघ ७ : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो । उनी माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको हो।
प्रकाशित मिति: ०९:४९ बजे, शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











