Kathmandu Press

मलेसियामा बन्धक बनाइएका थप १२ जनाकाे उद्धार

मलेसियामा बन्धक बनाइएका थप १२ जनाकाे उद्धार

काठमाडाैं, माघ ६ : मलेसियामा बन्धक बनाइएका १९ मध्ये १२ जनाको शुक्रबार उद्धार गरिएकाे छ।  नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार  १२ जना नेपाल फर्किएका हुन् ।

 शुक्रबार गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का नेपाल फर्किएका हुन् । उनीहरू आफैले विमान भाडा बेहोरेर नेपाल फर्किएका हुन् ।

त्यस्तै ७ जनाको अघिल्लो बुधबार नै उद्धार भएको थियो ।

रोजगारीका सिलसिलामा मलेसिया पुगेकाहरू पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएका थिए । काठमाडौंस्थित सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावर कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरू कामका लागि पुगेका थिए ।
कम्पनीका सञ्चालकले एक कामदारलाई कुटपिट गरेपछि अन्य कामदारले विरोध जनाएपछि उनीहरू कामबाट निकालिएका थिए।

नेपाल फर्किएकाहरू काठमाडौंस्थित एक होटलमा बसेका छन् । 

भदौ २३ गते मलेसिया पुगेर काममा लागेको एक सातादेखि नै यातना भोग्नुपरेको उनीहरूले बताएका छन।

प्रकाशित मिति: १९:१४ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्