माओवादी नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

काठमाडौं, माघ ६ : नेकपा माअोवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका पुन पुस ३० गते बिरामी परेका थिए । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोही दिन केलिकप्टरबाट काठमाडौं ल्याएर ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।
सुमेरु अस्पतालमा एक साता उपचार गरेपछि पुनलाई आज डिस्चार्ज गरिएको हो । चिकित्सकहरुले पुनलाई मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएका थिए ।
जन्डिस रोगबाट पीडित पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।
प्रकाशित मिति: १५:११ बजे, शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











