नयाँ वर्षमा यसरी जुध्दैछन् बलिउडका १४ फिल्म
काठमाडौं, पुस १८ : नयां वर्ष सन् २०२० मा बलिउडका थुप्रै ठूला फिल्म आउँदै छन्। तिमध्ये केही चर्चित कलाकार रहेका फिल्म जुध्ने भएका छन्।
बलिउडम....

काठमाडौं, पुस १८ : नयां वर्ष सन् २०२० मा बलिउडका थुप्रै ठूला फिल्म आउँदै छन्। तिमध्ये केही चर्चित कलाकार रहेका फिल्म जुध्ने भएका छन्।
बलिउडमा जनवरीको दोस्रो सातादेखि डिसेम्बरसम्म नै फिल्म भिड्ने भएका छन्। ति फिल्मको रिलिज मिति जुधेको छ।
छपाक र तानाजी : द अनसङ वारियर
जनवरी १० मा अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ र अजय देवगनको ‘तानाजी ः द अनसङ वारियर’ एकैदिन रिलिज हुँदै छन्। दुवै बायोपिक फिल्म हुन्।
अभिनेत्री दीपिका एसिड पीडितको भूमिकामा देखा पर्दैछिन्। अजय तानाजीमार्फत् आफ्नो एक सयौं फिल्म पूरा गर्दैछन्। उनको बलिउडमा ३० वर्ष पुग्नेछ।
स्ट्रिट डान्सर र पंगा
जनवरी २४ मा वरुण धवन अभिनित म्युजिकल डान्सिङ चलचित्र ‘स्ट्रिट डान्सर’ र कंगना रनावतको जीवनमा आधारित ‘पंगा’ रिलिज हुँदै छन्।
यसबारे वरुणले भनेका छन्, ‘म कंगनालाई लामो समयदेखि चिन्छु र उनको काम मलाई मनपर्छ। दुवै चलचित्र अलग छन्, त्यसैले हामीले बक्स अफिसमा भिड्न्तका रुपमा सोच्नु हुन्न जस्तो लाग्छ।’
शुभ मंगल ज्यादा सावधान र भुत : द हन्टेड सिप
वर्षको दोस्रो महिना २१ फेब्रअरीमा आयुष्मान खुराना र विक्की कौशलको फिल्म एकै मितिमा रिलिज हुँदै छन्। आयुष्मान अभिनित ‘शुभ मंगल ज्यादा सावधान’ समलिंगीको कथामा आधारित रोमान्टिक कमेडी ड्रामा हो भने भने विक्कीको ‘भुत : द हन्टेड सिप’ हरर थ्रिलर जनराको फिल्म हो। जुन मुम्बईमा घटेको वास्तविक घटनामा आधारित छ।
गुन्जन सक्सेना : द कार्गिल गर्ल र छलाङ
अभिनेत्री जान्ह्वी कपुरको पहिलो बायोपिक चलचित्र ‘गुन्जन सक्सेना ः द कार्गिल गर्ल’ र अभिनेता राजकुमार राव र नुसरत भरुच अभिनित ‘छलांग’ १३ मार्चमा रिलिज हुँदै छन्।
जान्ह्वीको चलचित्र पहिलो महिला पाइलटको वीरताको कथा हो भने राजकुमारको चलचित्र सामाजिक विषयमा आधारित कमेडी जनराको हो।
गुलाबो सिताबो र रुह अफ्जा
१७ अप्रिलमा राजकुमार राव र जान्ह्वी कपुर अभिनित ‘रुह अफ्जा’ र आयुष्मान खुराना तथा अमिताभ बच्चन अभिनित ‘गुलाबो सिताबो’ रिलिज हुँदै छन्।
‘गुलाबो सिताबो’ एक सर्वसाधारणको रमाइलो दैनिकीको कथा हो भने ‘रुह अफ्जा’ कमेडी ड्रामा हो।
अक्टोबर २ मा चार फिल्म
फिल्म रिलिजको मामलामा अक्टोबर महिना सबैभन्दा ठूलो भिडन्तको महिना मान्न सकिन्छ। अक्टोबर २ महात्मा गान्धीको जन्मोत्सवको अवसरमा चार फिल्म एक–अर्कासँग भिडदै छन्।
टाइगर श्राफको ‘रैम्बो’ सिल्वेस्टर स्टेलोन अभिनित अमेरिकन फिल्म रिमेक हो। ‘तुफान’ मा फरहान अख्तर एक म्याच जित्नका लागि एक बक्सरले गर्ने कडा मिहिनेतमा आधारित छ। चलचित्रमा परेश रावल कोचको भूमिकामा छन्।
विक्की कौशल अभिनित ‘सरदार उद्यम सिंह’ गान्धीको जन्मोत्सवमा रिलिज हुने तेस्रो चलचित्र हो। चलचित्र क्रान्तिकारी सरदार उद्यम सिंहको जीवनीमा आधारित छ, जसले अंग्रेजी अधिकारीलाई मारेर जलियांवाल बाघ हत्याकाण्डको बदलामा लिएका छन्।
जोन अब्रहामको हिट चलचित्र ‘सत्यमेव जयते’को दोस्रो भाग पनि यहि मितिमा रिलिज हुँदै छ। चलचित्रमा जोनका साथै मनोज बाजपेयी, सोनी राजदान मुख्य भूमिकामा छन्।
लाल सिंह चड्ढा र बच्चन पाण्डे
सन् २०२० को सुरुआतसँगै अन्त्य पनि धमाकेदार हुँदै छ। २५ डिसेम्बर क्रिसमसको दिन आमिर खानको ‘लाल सिंह चड्ढा’ र अक्षय कुमारको ‘बच्चन पाण्डे’ एकैदिन रिलिज हुँदै छन्।
लाल सिंह चड्ढा अ्रग्रेजी चलचित्र ‘फरेस्ट गंप’ को अफिसियल रिमेक हो। ‘बच्चन पाण्डे’ तमिल चलचित्र ‘वीरम’को रिमेक हो।












