अघिल्लो सरकारले छिमेकी सम्बन्ध बिगार्याे, हामी सुधार गर्छौँ : ओली

काठमाडौं, माघ ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको हितलाई मध्यनजर गर्दै सन्तुलित, विश्वसनीय भरपर्दो अन्तराष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले यसअघि छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भएको भन्दै अव नयाँ सरकारले सन्तुलित, विश्वसनीय भरपर्दो अन्तराष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताएका हुन्।
छिमेकमा बसेर अर्काको अहित गर्न नमिल्ने भन्दै उनले छिमेकीहरुका लागि असल छिमेकी हुन चाहेको जिकिर गरे। अध्यक्ष ओलीले कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरु वा अड्डाहरुमा मुलुकलाई सहभागी नगराइने जिकिर गरे।
नेपालको सार्वभौमसत्ता, स्वाधिनतामा कुनै प्रकारको सम्झौता गर्ने उनले स्पष्ट पारे। उहाले अर्थतन्त्रमा देखिएका समस्या, कृत्रिम ढंगले भएको महंगी लगाएतमा अन्य राष्ट्रलाई मात्रै दोष देखाइएको र आन्तरिक रुपमा केहि गर्न नसकेको समेत बताए।
त्यस्तै ओलीले छिमेकी मुलुकको जाजय चासो र चिन्तालाई सम्बोधन गरेर अघि बढ्ने धारणा राखे ।











