Kathmandu Press

मन्त्री गिरीले वर्षमानलाई भेटेर लिए स्वास्थ्यबारे जानकारी

मन्त्री गिरी पुनलाई भेट्न आज (शुक्रबार) ललितपुरको सुमेरु अस्पतालमै पुगेका थिए। एक सातायता साे अस्पतालमा पुनकाे उपचार भइरहेकाे छ।
मन्त्री गिरीले वर्षमानलाई भेटेर लिए स्वास्थ्यबारे जानकारी

काठमाडौं, माघ ६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मन्त्री गिरी पुनलाई भेट्न आज (शुक्रबार) ललितपुरको सुमेरु अस्पतालमै पुगेका थिए। एक सातायता साे अस्पतालमा पुनकाे उपचार भइरहेकाे छ।

स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते पुन सो अस्पतालमा भर्ना भएका थिए। एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका उनलाई स्वास्थ्य समस्या देखिएपछि सोही दिन हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, एमाले महासचिव शंकर पोखरेललगायत नेताहरू पुगिसकेका छन्।

पुनले यसअघि चीनमा स्वास्थ्य उपचार गराउँदै आएका थिए। जन्डिस रोगबाट पीडित उनको कलेजोको ८० प्रतिशतभन्दा बढी भाग बिग्रिसकेको चिकित्सकहरूले बताएका  छन्। उनकाे कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेकाे बताइएको छ।

प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्