रास्वपाकी इन्दिरा राना मगरले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता
उनलाई सत्ता गठबन्धन दलको समर्थन रहेकाे छ।
काठमाडौं, माघ ६ : सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगरलले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन्।
आज (शुक्रबार) संसद भवन नयाँ बानेश्वर पुगेर उनले उममेदवारी दर्ता गराएकी हुन्।
आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
उनलाई सत्ता गठबन्धन दलको समर्थन रहेकाे छ।
प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











