Kathmandu Press

उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने कांग्रेसकाे तयारी

आज (शुक्रबार) बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुखका लागि मुक्तालाई अघि सार्ने निर्णय गरेको जनाइएको छ।
उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने कांग्रेसकाे तयारी

काठमाडौं, माघ ६ : नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

आज (शुक्रबार) बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुखका लागि मुक्तालाई अघि सार्ने निर्णय गरेको जनाइएको छ।

उनलाई कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले उपसभामुख पदमा निर्णय गरेपछि त्यसबारे अरु दलसँग पनि छलफल गर्ने जनाइएको छ। कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी मुक्ता समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भएकी हुन्। 

कांग्रेस सभामुखमा ईश्वरी न्यौपानेलाई प्रतिस्पर्धामा उतारेको थियो। उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन्।

उपसभामुखमा सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानामगरले उम्मेदवारी दिँदैछिन्। आज दिउँसो १ बजेबाट उपसभामुखको मनोनयन सुरु हुँदैछ।

संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ भने भोलि (शनिबार) उपसभामुखको चुनाव हुँदैछ।

प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्