प्रतिनिधि सभालाई अझै व्यवस्थित र मर्यादित बनाउन भूमिका खेल्छु : सभामुख घिमिरे
शुक्रबार पदभार ग्रहण गर्दै सभामुख घिमिरेले संसदलाई अझै बढी व्यवस्थित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताएका हुन् ।
काठमाडौं, माघ ६ : नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई अझै मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपतिबाट सपथ ग्रहण गरेपछि शुक्रबार पदभार ग्रहण गर्दै सभामुख घिमिरेले संसदलाई अझै बढी व्यवस्थित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताएका हुन् ।
‘नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुनेछ । यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु,’ उनले भने।
बिहीबार सभामुख निर्वाचित घिमिरेले शुक्रबार सपथ ग्रहण गरेका थिए । सपथ ग्रहणअघि उनले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका थिए।
प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











