Kathmandu Press

सभामुख देवराज घिमिरेले त्यागे एमालेको पार्टी सदस्यता 

सभामुख देवराज घिमिरेले त्यागे एमालेको पार्टी सदस्यता 

काठमाडौं, माघ ६ : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् । 

बिहीबार प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् ।  

संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले सभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।

झापा–२ बाट प्रतिनिधि सभामा निर्वाचित घिमिरे सत्तागठबन्धनको समर्थनमा सभामुख निर्वाचित भएका थिए।  

प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्