Kathmandu Press

इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय 

राना सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् ।
इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय 

काठमाडौं, माघ ६ : राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

यसअघि रास्वपाबाट सोविता गौतम उपसभामुखकाे उम्मेदवार बन्ने चर्चा भएपनि अन्तिममा पार्टीले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

राना सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् । २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन्।

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको थियो।सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् ।

उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ ।

 

प्रकाशित मिति: ११:२९ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्