Kathmandu Press

मिटरब्याजको समस्या चाँडै समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

मिटरब्याजको समस्या चाँडै समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

काठमाडौं, माघ ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजको समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । 

शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।  प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु।’ 

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए। 

प्रकाशित मिति: १०:४१ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्