Kathmandu Press

क्वालालम्पुरबाट काठमाडौं आएको विमान कोलकाता डाइभर्ट 

शुक्रबार बिहान त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी कम भएपछि क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको आरए–४१६ विमान कोलकाता डाइभर्ट गरिएको गरिएको हो ।
क्वालालम्पुरबाट काठमाडौं आएको विमान कोलकाता डाइभर्ट 
फाइल तस्बिर

काठमाडौं, माघ ६ : मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आएको विमान भारतको पश्चिम बंगालको कोलकाता पुगेको छ । 

शुक्रबार बिहान त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी कम भएपछि क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको आरए–४१६ विमान कोलकाता डाइभर्ट गरिएको गरिएको हो ।

उक्त विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ।

शुक्रबार बिहानैदेखि काठमाडौंको भिजिबिलिटी कम छ । कम भिजिबिलिटीका कारण आन्तरिकतर्फका उडानसमेत अवतरण गर्न नसकी डाइभर्ट गरिएको छ । 

बिहान साढे १० देखि   भिजिबिलिटी बढ्दै गएकाले भने आन्तरिकतर्फका उडान अवतरण हुने क्रममा रहेकाम विमानस्थल कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए। 

शुक्रबार नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान पनि काठमाडौंमा अवतरण गर्न नसक्दा झापाको भद्रपुर विमानस्थलमा अवतरण गरेको थियो ।

प्रकाशित मिति: १०:३७ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्