Kathmandu Press

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण 

बिहान काठमाडौंको भिजिबिलिटी कम भएको कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकी चन्द्रगढी डाइभर्ट गरिएको काठमाडौं विमानस्थलले जानकारी दिएको छ । 
नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण 
फाइल तस्बिर

काठमाडौं, माघ ६ : बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको विमान झापामा अवतरण गरेको छ  ।

शुक्रबार बिहान करिब ७ बजे नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजे झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेका हो । 

बिहान काठमाडौंको भिजिबिलिटी कम भएको कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकी चन्द्रगढी डाइभर्ट गरिएको काठमाडौं विमानस्थलले जानकारी दिएको छ । 

मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने विमानस्थल कार्यालयले जनाएको छ ।

भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ।

प्रकाशित मिति: १०:१८ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्