Kathmandu Press

कस्तो रहँला आजको मौसम ? 

आज दिउँसो सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका  पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 
कस्तो रहँला आजको मौसम ? 

काठमाडौं, माघ ६ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका  पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशको  एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली  प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

यो क्रम राति पनि जारी रहनेछ । 

प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्