Kathmandu Press

राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन विरोधाभास रहेकाले संशोधन गर्नुपर्छ : लेखक

संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल सुरु हुने भनेको तर ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिले नै निर्वाचन हुनुपर्ने भनेको हुँदा संविधानबमोजिम ऐनको व्यवस्था संशोधन गरेर जानुपर्ने उनले बताए। 
राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन विरोधाभास रहेकाले संशोधन गर्नुपर्छ : लेखक

काठमाडाैं, माघ ५ : नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन विरोधाभास रहेकाले संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। 

संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल सुरु हुने भनेको तर ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिले नै निर्वाचन हुनुपर्ने भनेको हुँदा संविधानबमोजिम ऐनको व्यवस्था संशोधन गरेर जानुपर्ने उनले बताए। 

त्यस्तै लेखकले संसदीय व्यवस्थामा प्रतिष्पर्धा हुनु स्वाभाविक भएको बताए। प्रतिपक्षीको भूमिकालाई शसक्त बनाउँदै अघि बढाउने उनको भनाइ छ। 

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्