दलहरूबाटै सक्षम व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ : नेम्वाङ
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले दलभन्दा बाहिरबाट ल्याएर संवैधानिक पद सुम्पिने कुरा उचित नभएको बताए।
काठमाडाैं, माघ ५ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले दलहरुबाटै सक्षम व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन्।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले दलभन्दा बाहिरबाट ल्याएर संवैधानिक पद सुम्पिने कुरा उचित नभएको बताए।
संवैधानिक पदहरूमा स्वतन्त्र व्यक्तिलाई ल्याउनुपर्छ भन्ने कुरा अव्यावहारिक रहेको भन्दै उहाले दलहरुले आफैंमाथि अविश्वास गर्न नहुने धारणा राखे। नेम्वाङले सभामुखले कसैको दवाव र प्रभावमा नपरि सवैको भावना अनुसार काम गर्नुपर्ने बताए।
प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार