सभामुखका रूपमा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे
उनले विगतको कमी कमजोरीलाई आफ्नो कार्यकालमा दोहाेरिन नदिने स्पष्ट पारे।
काठमाडाैं, माघ ५ : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने बताएका छन्।
सभामुखमा निर्वाचित भएपछि बिहीबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले सभामुख चयनको क्रममा प्रजातन्त्रको सुन्दर अभ्यास भएको भन्दै निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने बताएका हुन्।
उनले विगतको कमी कमजोरीलाई आफ्नो कार्यकालमा दोहाेरिन नदिने स्पष्ट पारे। संसदलाई दलहरुसँग समन्वय गरेर अघि बढाउने उहाको भनाइ छ।
घिमिरे बिहीबार सभामुखमा निर्वाचित भएका हुन्।
प्रकाशित मिति: १७:५० बजे, बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











