राष्ट्रपति पदमा समझदारी खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री दाहाल
उनले सभामुखको जस्तै उपसभामुखको निर्वाचन पनि सुन्दर ढंगले हुने जिकिर गरे।
काठमाडाैं, माघ ५ : प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रपति पदमा समझदारी खोज्ने प्रयास भइरहेको बताएका छन्।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदको निर्वाचनका लागि अझै समय बाँकी रहेको र समझदारी खोज्ने प्रयास भइरहेको बताएको बताएका हुन्। उनले सभामुखको जस्तै उपसभामुखको निर्वाचन पनि सुन्दर ढंगले हुने जिकिर गरे।
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा एमालेले उम्मेदवार उठाउने भन्दै त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने बताए। उनले राजनीतिक संयन्त्रको बिरोध गर्नुको कुनै अर्थ नरहेको समेत बताए।
कांग्रेसले गत सरकारमा संयन्त्र बनाएर सुरु गरेको अभ्यासको निरन्तरता अहिलेको राजनीतिक संयन्त्र भएको उनको भनाइ छ।
प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











