Kathmandu Press

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत 

मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादीका १ र दुई जना स्वतन्त्र सांसदहरूको सहित ५७ जनाले पक्षमा मतदान गरेको छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत 

काठमाडौं, माघ ५ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् ।  

बिहीबार दिउँसो बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका हुन् ।  ८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकमा ८६ जना सांसद उपस्थित थिए । तीमध्ये  ५७ जनाले विश्वासको मतको पक्षमा र २८ जनाले विपक्षमा मतदान गरेका हुन् ।  

मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादीका १ र दुई जना स्वतन्त्र सांसदहरूको सहित ५७ जनाले पक्षमा मतदान गरेको छन् ।

योसँगै प्रदेश सरकारलाई ८ वटा राजनीतिक दल र दुई जना स्वतन्त्र सांसदको समर्थन पुगेको छ। विपक्षमा नेपाली कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको एक गरी २८ जनाले मतदान गरेका छन्। 

सात वटा दलका ५६ र दुई जना स्वतन्त्र सांसद गरी ५८ जनाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 

प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्