उपसभामुखको निर्वाचन माघ ७ गते

काठमाडौँ, माघ ५ : प्रतिनिधिसभाको उपसभामुख पदका लागि माघ ७ गते निर्वाचन हुने भएको छ ।
बिहीबार सभामुख पदमा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएसँगै उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले निर्देशन दिएका हुन् ।
जबराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बिहीबार नै उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।
उपसभामुख सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको थियो।
प्रकाशित मिति: १५:२९ बजे, बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











